खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

व्यंग्य गरेकै आधारमा प्रहरी नियन्त्रणमा ?

पालिका पाटी पालिका पाटी
२०७९ भाद्र १५, बुधबार ११:५५
A A
0

काठमाडौँ — स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिजलाई नेवार समुदायको कला, संस्कृति र लवजलाई लिएर अपमानजनक व्यंग्य गरेको भन्दै आइतबार प्रहरीले नियन्त्रणमा लियो । शुक्रबार युट्युब च्यानल कमेडी क्याफेमा सार्वजनिक गरिएको ‘नेवारको परम्परा’ शीर्षकको स्ट्यान्डअप कमेडीले नेवार समुदायमाथि आँच पुर्‍याएको भन्दै उनीमाथि थुप्रै खनिए ।

बेलविवाह, म्ह: पूजा, नेवारी लवज, भाषा, खानेकुरामाथि अपूर्वले उक्त भिडियोमा व्यंग्य गरेका थिए । सोही व्यंग्यकै कारण प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएसँगै यो विषयमा मत–मतान्तर जारी छ । कोही व्यंग्य गरेकै आधारमा उनलाई थुनामा राख्न नहुने मत दिइरहेका छन् भने कोही प्रहरी हिरासत नै अन्तिम विकल्प देखिरहेका छन् ।

विवादित बनिसकेपछि अपूर्वले उक्त भिडियो सामाजिक सञ्जालदेखि सबै प्लेटफर्मबाट हटाए । सामाजिक सञ्जाल फेसबुकमा माफी माग्दै पोस्ट लेखे । भिडियोमा माफी माग्नुपर्ने माग आइसकेपछि भिडियोमा आफूले उक्त कन्टेन्ट कसैलाई चित्त दुखाउनलाई भन्दा पनि हसाउनका लागि बनाएको भनेर माफी मागे ।

‘विगत चार वर्षदेखि म कमेडी गर्दै आएको छु । हामीले जोक लेखेर ठाउँ-ठाउँमा प्रस्तुत गर्छौं । यो १२ मिनेटको कन्टेन्ट मैले धेरै ठाउँमा प्रस्तुत गरेको थिएँ । काठमाडौं, ललितपुर र भक्तपुरमा प्रस्तुत गर्दा कसैलाई पनि चित्त दुखेको थिएन । हामीले पनि कुन कुराले चित्त दुख्दा/नदुख्ला भनेर कति कुरा परिवर्तन गरिरहेका हुन्छौं । तर, यसमा दर्शकले ठिकै छ भन्ने प्रतिक्रिया आएको थियो,’उनले फेसबुकमा सार्वजनिक गरेको भिडियोमा भनेका छन्,’तर, यो विषयले अरुको चित्त दुखाउँछ भन्ने आफैंलाई ज्ञान नभएको हो जस्तो लागेको छ । त्यही अनुभव भएर मैले भिडियो डिलिट गरिसकें । यो भिडियोमार्फत पनि म सबैलाई सरी भन्न चाहन्छु । यो इस्युलाई यहीँ टुग्यांदिनु होला ।’

जोक बनाउने क्रममा आफूबाट गल्ती भएको उनले भिडियोमा स्विकारेका छन् । ‘गल्तीहरु हुन्छन् । विगतमा मैले आफ्नै समुदायको पनि नराम्रो कुराहरु उठाएर कमेडी गरेको छु । मैले चित्त दुखाउनका लागि केही गरेको होइन, हँसाउनकै लागि गरेको हो । त्यो गर्ने क्रममा कतिले अनुसन्धान पुगेन भन्नु भएको छ र त्यो पनि हो नै । ‘मेरो साथीहरु पनि नेवार हुनुहुन्छ,’उनले थप भनेका छन्,’यो होइन कि मलाई नेवारी खानेकुरा, भाषा मन नपर्ने होइन । म आफैं पनि भोजहरुमा गइरहेको हुन्छु । मेरो त्यस्तो नियत होइन । तर, जोक गर्ने क्रममा अनुसन्धान पुगेन, चित्त दुख्यो भन्नु भएको छ । हँसाउने बेलामा गल्ती भएको हो । आगामी दिनमा यस्तो विषयमा ध्यान दिनेछु ।’

सामाजिक सञ्जालबाट भिडियो हटाउँदै क्षमायाचना मागिसकेपछि पनि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिनु ‘हास्यास्पद’ रहेको अर्का कमेडियन प्रणेश गौतम बताउँछन् । यसअघि उनलाई पनि व्यंग्यात्मक शैलीमा ‘वीरविक्रम–२’को समीक्षा गरेको आधारमा प्रहरीले ८ दिनसम्म प्रहरी हिरासतमा राखेको थियो । ‘त्यसरी अपूर्वलाई प्रहरीले थुन्नु त हास्यास्पद नै हो । चित्त पनि दुख्यो । हिजो उनलाई भेट्न जाँदा पनि खासै भेट्न दिइएन । यस्तो बेलामा आफ्नो कोही नजिक भए राम्रो हुन्थ्यो । सायद यो सब उनलाई कमजोर बनाउन नै गरिएको हो,’प्रणेशले भने,’खासमा कमेडियनको जोक्सलाई उहाँहरु विचार सोच्नुहुन्छ । त्यो त हाम्रो विचार हुँदैन । हामीले त जोक्स प्रस्तुत गर्छौं । त्यही जोकलाई सोच ठानेर उहाँहरु आफ्नो शक्ति देखाउन कमेडियनलाई प्रहरीमा लानुहुन्छ ।’

अपूर्वको नियत नेवार समुदायलाई उडाउनु नरहेको प्रणेशको भनाइ छ । ‘नियतवश नै कसैले जोक्स गर्दैछ भने त्यो देखिन्छ नै । तर त्यही समुदायका मानिसहरुले कमेन्टमा क्षितिजलाई धोती, भेले, टिन फलाम बेच्ने भन्दै लेख्नुभएको छ । उनीहरुको घृणा त्यसरी कमेन्टमा देखिन्छ । तर अपूर्वले भिडियोमा आफूले त्यो समुदायबारे अब्जर्भेसन गरेको कुराले हँसाउन खोजेको हो,’प्रणेशले भने,’हाम्रो पुस्ताको युवा कमेडियनहरु प्रोफेसनल भइसकेका छैनन् । अपूर्व, हामीले कमेडी गरेको ४/५ वर्ष भयो । यतिको समयमा राम्रो कमेडियन बनेर निस्कन गाह्रो छ । कमेडीमा त कन्टेन्ट हसाउँछ कि हँसाउँदैन भन्नै नै प्रमुख हुन्छ । अपूर्वको भिडियोमा त्यो समुदायप्रतिको घृणा देखिँदैन । त्यो भिडियो त्यति हाँस उठ्दो पनि छैन ।’

यस्तो घट्नाले कमेडियनहरुमा कुनै समुदाय, भाषा, लिंग, रंगमाथि कन्टेन्ट बनाउनुअघि सोच्नुपर्ने बनाएको प्रणेशको अनुभव छ । ‘फेरि हामीले मोटो, कालो, गोरोलाई कसरी भन्ने सोच्न थालियो भने कमेडियनको मृत्यु त्यहीँ भइसक्छ । कमेडियनले त भन्न खोजेको कुरा हाँस उठ्दो छ कि छैन भन्ने सोच्ने काम हो,’उनले थपे,’अहिले अपूर्वलाई त्यसरी नै सोच्न बाध्य पारिएको छ । खासमा अपूर्वलाई भिडियो हटाउन लगाउनु, प्रहरीकोमा पुर्‍याउनु नै गलत हो । उहाँहरुको चित्त दुखेको छ भने अपूर्वलाई अनुसन्धान पुगेको छैन भने भनिदिने हो । त्यसरी ८० जना उठेर उसको विरुद्धमा नारा लगाउने होइन ।’

कमेडियन सीता न्यौपाने यस्तो अवस्थामा कमेडियनलाई प्रहरीकोमा पुर्‍याउनुभन्दा क्षमा दिने र लिने वातावरण सिर्जना गरिदिनुपर्ने धारणा राख्छिन् । ‘जात, जाति र धर्मका सवालमा हामीले अरुलाई होच्च्याउनु त हुँदैन । तर, यसरी सोझै पक्राउ गर्नुभन्दा पहिले कमेडियनलाई सुध्रिने मौका दिनुपर्छ भन्ने लाग्छ । अपूर्वले माफी मागिसकेपछि सुध्रिने मौका खोइ त दिएको ?,’ प्रश्न गर्दै भनिन्,’दर्शकले कमेन्टमा मनलाग्दी छाडा बोल्न पाइने, उसलाई होच्याउँदै बोल्ने । कमेन्टमा कति छाडा कुरा बोलिरहेका हुन्छन् ।’ यसअघि कमेडी हबको एउटा ट्रेलरमा भगवान् शिवसँगको एक दृश्यले सीता पनि विवादमा तानिएकी थिइन् । सीता नेपाली समाज अझै यस्ता विषयमा रमाइलो मान्न तयार नभएको बताउँछिन् । सीता थप्छिन्,’विदेशीहरूको कमेडीमा क्याथोलिकलाई उडाएरै जोक्स बनाइरहेको सुनिन्छ । त्यसलाई रमाइलो मान्दै हेर्नुहुन्छ । हाम्रो समाज त्यहाँसम्म पुगेको पनि छैन । सानो कुरोलाई पनि ठूलो विषय बनाइएको हो कि भन्ने पनि लाग्छ ।’

नेपग्याजमका लेखमणि त्रिताल भने अपूर्वलाई प्रहरी नियन्त्रणमा राख्नुमा खासै समस्या देख्दैनन् । ‘यस्तो विषयलाई प्रहरीले नै मिलाइरहेको हुन्छ । यसरी एकअर्कासँग झैझगडामा उत्रिनुभन्दा प्रहरीले नै नियन्त्रमा लिनु ठीक होजस्तो लाग्छ,’लेखमणिले भने,’समग्रमा उनको भिडियो त्यति अपमानजनक त थिएन । तर केही लाइनहरु नभनिदिएको भए हुन्थ्यो भन्ने भयो मलाई । धर्म, संस्कृति जोडिएको विषयमा मजाक उडाउँदा गाह्रै हुन्छ ।’ कमेडियनहरुले यस्तो संवदेनशील विषयमा अध्ययन/अनुसन्धान गरेर मात्र कमेडी गर्नुपर्ने लेखमणि बताउँछन् । ‘अपूर्वले माफी मागिसकेका हुनाले उनलाई त्यो समुदायलाई माफ गरिदिए राम्रो । अरुले पनि यो घटनाबाट सिक्न पाउनेछन्,’उनले भने ।

हास्यकलाकार मनोज गजुरेल यस्तो घटनाले कमेडीमाथि नयाँ बहस आवश्यक बनाइदिएको बताउँछन् । ‘यसले के कमेडी हो, के कमेडी होइन भन्ने विषयमा एउटा राम्रो बहस हुन जरुरी छ भन्ने लागेको छ । हामी कमेडियनहरुले पनि के विषयमा कमेडी गर्ने भन्ने खालको एउटा आफ्नो सम्पादकीय बनाउन जरुरी देखियो । हाम्रो कमेडीले कसैको आत्मसम्मानमा चोट लगाउनु भएन । कसैको इगोको प्रहार कमेडीमा हुनु

भएन,’गजुरेलले भने,’अपूर्वको प्रकाउ दु:खद विषय हो । यसले हामी सबैलाई एकपटक सोच्न बाध्य गराएको छ । जुन समुदायले आफ्नो आत्मसम्मानमा ठेस पगेको अनुभव गर्नु भएको छ, उहाँहरुको आत्मसम्मान फर्कने गरी र कलाकारको पनि पाठ सिक्ने रूपमा यो समस्याको समाधान चाँडै हुन्छ भन्ने लागेको छ ।’

अपूर्वले जुन समुदायको चित्त दुखाए, त्यसमा उनले आफ्नो गल्ती नै स्विकारेका छन् । तर, यसरी व्यंग्य गरेकै आधारमा प्रहरीले नियन्त्रणमा राख्नु कमेडियनलाई सबक सिकाएझैं भएको केही कलाकारको भनाइ छ ।

‘अब यसरी प्रहरीको नपुग्नु पर्ने हो भन्ने लाग्छ । क्षमा दिने र क्षमा माग्ने त हाम्रो पूर्वीय संस्कृति हो । यो दुवै कुरा भइदिएको भए राम्रो हुन्थ्यो,’ उनले जवाफमा भने । हास्यव्यंग्यका कुरा उठ्नासाथ गजुरेल एउटा कुरा दोहोर्‍याउन बिर्सँदैनन्,’सकेसम्म मेरो प्रस्तुति हेरेर मैले जसलाई व्यंग्य गर्छु त्यो पनि नरिसाओस् लजाओस् मात्रै । उसको मृत्यु नहोस् चसक्क चिमोटिओस् मात्रै । घाउ नलागोस् । सुरुवालको तुना खोलिओस् तर सर्वांग नदेखिओस् ।’

Share20Tweet12ShareSendShare3

सम्बधित समाचार

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु
पालिका खबर

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ भाद्र १५, बुधबार ११:५५
2
खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी
पालिका खबर

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

२०७९ भाद्र १५, बुधबार ११:५५
25
वर्गविहीन

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान
खजुरामा सुरु

custom header
पालिका खबर

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

२०७९ भाद्र १५, बुधबार ११:५५
3
Next Post
नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिए

नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिए

नेपालगन्ज वडा नम्बर ४ को सल्यानी बागमा विशेष सरसफाई अभियान सम्पन्न

नेपालगन्ज वडा नम्बर ४ को सल्यानी बागमा विशेष सरसफाई अभियान सम्पन्न

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

खजुरा बजार क्षेत्रको सडक निर्माण कार्य सुरु

२०७९ भाद्र १५, बुधबार ११:५५
2
खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

खजुरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी

२०७९ भाद्र १५, बुधबार ११:५५
25

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान
खजुरामा सुरु

custom header

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

२०७९ भाद्र १५, बुधबार ११:५५
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2023 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys