
काठमाडौँ — ब्राजिलमा २६ वर्षदेखि जंगलमा एक्लै जीवन बिताएका एक आदिवासीको मृत्यु भएको छ । ब्राजिली अधिकारीहरूका अनुसार उनको नाम भने खुलेको छैन । तर, गहिरा-गहिरा खाल्डो खन्ने भएकाले उनी ‘म्यान अफ द होल’ का रूपमा परिचित थिए । केही खाल्डा भने उनले जनावरहरूलाई पासोमा पार्न बनाउने गर्थे ।


बोलिभियासँगको सीमा तनारु क्षेत्रमा बस्दै आएका उनी समुदायकै अन्तिम व्यक्ति थिए । यसअघि सन् १९९५ मा उनको समुदायका ६ जना मारिएका थिए । ब्राजिली संविधानअनुसार आदिवासी मूलका बासिन्दालाई उनीहरूको पारम्परिक जमिनमाथि अधिकार हुन्छ । आफ्नो जमिनमाथि आक्रमण गर्नेविरुद्ध उनीहरू जाइलाग्ने गर्दछन् ।

आदिवासी विज्ञ मार्सेलो दोस सान्तोसका अनुसार ती व्यक्तिले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको अनुमानमा शरीरलाई चराका प्वांखहरूले ढाकेका थिए । ‘म्यान अफ द होल’को मृत्यु भएपछि अधिकारकर्मीले तनारु क्षेत्रलाई स्थायी रूपमा संरक्षण गर्न सरकारसँग माग गरेका छन् ।

Discussion about this post