
नेपालगन्ज उपमहानगरपालिकाकाे आर्थिक विकास समिति अन्तर्गत सहकारी शाखाको आयोजनामा ४वटा बिधालयमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेकाे छ। नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका चार वटा विद्यालयका ९देखि१२कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहकारी क्षेत्रप्रति आकर्षित गराउने, युवा पुस्तालाई सहकारीमा क्रियाशिल बनाउने र सहकारी मार्फत आयआर्जन गरी मुलुकको आर्थिक विकासमा टेवा पु¥याउने उदेश्यका साथ याे कार्यक्रम सञ्चालन गरिएको नेपालगन्ज उपमहानगरपालिकाकाे आर्थिक विकास समितिका संयाेजक तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष गाेपाल पुनले जानकारी दिनुभयो । सहकारीमा बचतको महत्व र परिचालनका बारेमा प्रशिक्षण दिएका थिए । तालीममा विद्यालयका कक्षा ९देखि १२ सम्म अध्ययनरत ५० जना भन्दावढी विद्यार्थीको सहभागीता रहेको थियो । नेपालगन्ज उपमहानगरपालिकाकाे आर्थिक विकास समिति अन्तर्गत सहकारी शाखाको आयोजनामा ४वटा बिधालयमा सहकारी शिक्षा कार्यक्रम अन्तरगत आदर्श मावि रांझा, नारायणी मावि त्रिभुवनचौक, नेपालगंज कन्या मावि, सल्यानिवाग र महाराजा मावि पुरैनामा कार्यक्रम गरिएको छ।

Discussion about this post