
खजुरा।लामो समयदेखि निर्माण अलपत्र रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरामा तत्काल निर्माण कार्य सुरु भएको छ। खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानकाे पहलमा नेपालगन्ज गुलरिया सडक खण्डको खजुरा बजारको १८ सय मिटर बाटो निर्माणमा ढिलाई भएकोले तत्काल पुरा गर्न विभिन्न सराेकारवाला निकाय लाइ पह लगतै उक्त बाटो निर्माणका कार्य सुरु भएकाे छ। २०७४ सालमा ठेक्का भएको थियो । उक्त बाटो २०७७ सालमा योजना सम्पन्न गर्नु पर्नेमा हाल सम्म सम्पन्न भएकाे थिएन । ५ वर्ष बित्दा १८ सय मिटर बाटो नबन्दा खजुराका जनताले दुःख पाईरहेको अवस्था लाइ अध्यक्ष विकले ध्यान दिदै पहल गरेका थिय।सडक खण्ड समयमा निर्माण नहुँदा स्थानीय जनताले निकै परेसानी भोग्नु परिरहेको थियाे। अब खजुरा बजार क्षेत्रकाे सडककाे सडक दुर्घटनाको जोखिमको साथै धुँलोको कारण स्वास्थ्यमा पर्ने असरका साथै व्यवसायमा समेत असर परेकाे थियो ।अब काम पुरा हुने अध्यक्ष विकले जानकारी दिनुभएको छ।
लामो समयदेखि निर्माण अलपत्र गुलरिया सडक खण्डको खजुरा बजारको १८ सय मिटर बाटो गाउँपालिका अध्यक्ष विककाे पहलमा निर्माण कार्य सुरु भएकाे हाे।

Discussion about this post