
खजुरा, १४ असाेज
खजुरा गाउँपालिका वडा नम्बर १ बहादुरपुरमा पुनः निर्माण गरिएको बागेश्वरी माता मन्दिरको उद्घाटन गरिएको छ ।खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान,लुम्बिनी प्रदेश सभाका पुर्व सदस्य बाबुराम गौतम,खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले संयुक्त
रुपमा मन्दिरको उद्घाटन गरेका थिए ।कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर १अध्यक्ष मनवीर क्षेत्री, मन्दिर निर्माणका लागि जग्गा दान गर्ने मीन कुमारी थापा, मन्दिर व्यवस्थापन
समिति अध्यक्ष अमृता बोहरा, मन्दिर निर्माण उपभोक्ता समिति संयोजक मीन बहादुर थापा उपस्थिती रहेको थियो ।गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले मन्दिर निर्माणमा एक जुट भएर सहकार्य गर्ने सम्पुर्ण वडावासीलाई धन्यवाद दिईन । उनले भनिन,‘मन्दिरले हाम्रो धर्म र संस्कृतिलाई संरक्षण खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले आफनो संस्कृति संरक्षमा १ नम्बर वडावासीले निकै
मिहिनेत गरेको बताए । धर्म, संस्कृतिको रक्षा गर्दै मन्दिर परिसरमा स्थानीय रुपमा हाट बजार लाग्ने थलोको रुपमा विकास गर्ने सम्भावना रहेको बताए ।मन्दिर परिसरको थप भौतिक पुर्वाधार निर्माणमा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष विकले बताए ।गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले मन्दिर
निर्माणमा एक जुट भएर सहकार्य गर्ने सम्पुर्ण
वडावासीलाई धन्यवाद दिईन । उनले
भनिन,‘मन्दिरले हाम्रो धर्म र संस्कृतिलाई संरक्षण
गर्न सहयोग गर्छ । राधापुरवासीले मन्दिर निर्माण
गरेर आफनो धर्म प्रतिको लगाव र आस्थालाई प्रकट
गर्नु भएको छ । यसका लागि म सम्पुर्णलाई धन्यवाद
दिन्छु ।’गत वर्षदेखी पुरानो मन्दिरको स्थानमा नयाँ मन्दिर
बनाउन स्थानीयबासिहरुले सुरुआत गरेका थिए ।करिब २५ लाख रुपैयाँ लागतमा उक्त मन्दिर निर्माण गरिएको १ नम्बर वडा अध्यक्ष मनवीर क्षेत्रीले बताए।स्थानीयवासिन्दाहरुको सक्रिय सहयोगले मन्दिर निर्माण गर्ने गाउँलेहरुको योजना सफल भएको मन्दिर निर्माण उपभोक्ता समितिका संयोजक मीन बहादुर थापाले बताए । मन्दिर निर्माणमा खजुरा गाउँपालिका वडा नम्बर १ ले २ लाख रुपैयाँ बजेट
बिनियोजन गरेको थियो । यसैगरी मन्दिरसम्म जाने बाटो निर्माणका लागि १ लाख रुपैयाँ बजेट छुटयाएको वडा अध्यक्ष क्षेत्रीले
बताए ।

Discussion about this post